काठमाडौं,
जेठ १५ ।
यही शुक्रबार देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘कुम्भ करण’ लाई नेपाल चलचित्र जाच समितिले पीजी सर्टिफिकेट प्रदान गरेको छ । करिब १ घण्टा ४७ मिनेट लामो रहेको यस चलचित्रलाइ जाच समितिले १६ बर्ष भन्दा मुनिका बालबालिकाहरुले आफ्नो अभिभाबकको साथमा हेर्न पर्ने सुझाब र सल्लाहको साथ पीजी सर्टिफिकेट प्रदान गरेको हो ।
आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’मा नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको सङ्गीत र सुनिल बसेलको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिरप्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन यस्तै लाईन प्रोडूयसरमा सरिता गिरी रहेकी छन ।
चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेरमेन्टका करण श्रेष्ठले वितरण गर्दै छन भने उपत्यका बाहिर श्रीकृष्ण फिल्मस्ले वितरण गर्दै छ ।






