काठमाडौं,
जेठ ८ ।
चलचित्र ‘किर्तिपुर’को पोस्टर र रिलिज मिति सार्वजनिक गरिएको छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र ‘किर्तिपुर’ द लिजेण्ड अफ किर्तीलक्ष्मीको केही पोस्टर सार्वजनिक गरिएको हो ।
प्रदीप खड्गीले निर्देशन गरेको यस ऐतिहासिक उपन्यासमा आधारित चलचित्रमा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीकोलगायतका कलकारको अभिनय रहेको छ ।
आगामी असार १३ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रलाई बीरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका छन् भने चलचित्रमा प्रदीप खड्गीको सम्बाद, केके मानन्धरको पटकथा, शंकर महर्जनको छायाँकन, नवीन जोशको सहायक छाँयाकन रहेको छ । यस चलचित्रलाई रिच इन्टरटेन्मेन्ट प्रालिका करन श्रेष्ठले वितरण गर्दैछन् ।






