चलचित्र पत्रकार संघको स्थापना दिवसमा सम्मान तथा पुरस्कार

काठमाडौं,
जेठ ८ ।

चलचित्र पत्रकार संघले मंगलबार राजधानीमा आफ्नो २०औं स्थापना दिवस मनाएको छ । संघले राजधानीको कालोपुलस्थित हिरारत्न कम्पेलक्समा एक विशेष समारोहबीच आफ्नो २०औं स्थापना दिवस मनाएको हो ।

सो अवसरमा ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई समारोहका प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराई, अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा, कलाकार दीपकराज गिरी, संघका पूर्व अध्यक्ष विदुर गिरी, निर्माता माधव वाग्ले, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल समाचारपत्रका प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठप्रति श्रद्धासुमनस्वरुप उनीबारे तयार गरिएको श्रव्य–दृश्य सामाग्री प्रदर्शन गरी आरम्भ भएको कार्यक्रममा निर्देशक तथा कलाकार दीपा श्री निरौला, उत्तम केसी, केदार घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, निता ढुङ्गाना, केकी अधिकारी, वेनिसा हमाल, निर्मल शर्मा, निर्देशक प्रदिप भट्टराई, सोभित बस्नेत निर्माता सुनिलकुमार थापा, गोपाल कायस्थ, गोविन्द शाही गायक युवराज चौलागाईंलगातका थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

चलचित्र पत्रकार संघकी सदस्य दीपज्योति थापाद्वारा सहजीकरण गरिएको कार्यक्रममा संघका सचिव समीर बलामीले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार