काठमाडौं,
जेठ ६ ।
चलचित्र ‘पोई पर्यो काले’को शुभ मुहूर्त गरिएको छ । सोमबार राजधानी एक कार्यक्रमकाबीच चलचित्रको शुभ मुहुरुत गरिएको हो ।
शिशिर राणाको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा दीपक मनाङे निर्माता रहेका छन । चाडैनै फ्लोरमा जाने भनिएको यो चलचित्र तिहारको छेको पारेर सिनेमाघरमा ल्याउने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृस्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजा राम पौडेललगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ ।






