काठमाडौं,
जेठ ५ ।
कवि हेनसेन याक्खाद्वारा रचित गीत ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र उत्तमजङ्ग लिम्बू लावतीको स्वर, उत्तमजङ्गकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देउकृष्ण देवान याक्खाको निर्देशन रहेको गीतको भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले अभिनय गरेका छन् । छायाँकन शिरकुमार साम्पाङ राईको रहेको छ । निर्देशक देउकृष्णले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।






