गणेशको ‘लुकीछिपी किन मायामा’ (भिडियोसहित)

काठमाडौं,
जेठ ५ ।

गणेश सेन्चुरीको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन मायामा’ सार्वजनिक भएको छ । चलचित्र ‘बुलबुल’का नायक मुकुन भुसाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ । नवीन चौहानले निर्देशन गरेको गीतको भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायाँकन र भीम विश्वकर्माको सम्पादन रहेको छ ।

गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन् । भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार