काठमाडौं,
जेठ ४ ।
स्व. सन्तोष रानाको शब्द दिनेश सुब्बाको सङ्गीत र थुप्देन भुटियाको स्वरमा रहेको ‘तिमी हासेको…’ गीतको भिडियो सार्वजनिक भएको छ । भावेश भुमरीले गरेको गीतको भिडियोमा सनम कठायत र नताशा ब्लोन लाई फिचरिङ गरिएको छ ।
चितवनमा छायाँकन गरिएको उक्त भिडियोको छायाँकन मुकेश हुमागाइ र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
नेपाली हवाईआकाशका एक अविस्मरणीय पात्र कोपाइलट सन्तोष राना जसले २०७२ फागुन १४ गते कालिकोटमा भएको हवाई दुर्घटनामा ९ जना यात्रुहरुको ज्यान बचाउदै बलिदानिपुर्ण कार्य गरेका थिए । स्व.सन्तोष रानाको स्मृतिमा तयार भएको ‘सृजना र सम्झना’ मा सङ्ग्रहित सन्तोषको शब्द हो ‘तिमी हासेको…’ ।






