काठमाडौं,
जेष्ठ २ ।
मिलन चाम्स निर्देशित चलचित्र ‘बीर विक्रम २’को प्रिमियर गरिएको छ । भोली शुक्रवारदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘बीर विक्रम २’को बुधबार राजधानीमा प्रिमियर गरिएको हो । चलचित्र सिनेमाघरमा आउने पूर्वसन्ध्यामा गरिएको भब्य प्रिमियरमा चलचित्रले प्रशंसा पाएको छ ।
प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, शिल्पा मास्के, तेरिया मगर, प्रशान्त ताम्राकार, कुञ्जना घिमिरेलगायतका कलाकारहरुले उपस्थिति जनाएका थिए ।
चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । साथै, निर्माण टिमले चलचित्रका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो ।
प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्रमा पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्धाजको कथा र सुदीप बरालको छयाँकन रहेको छ ।






