‘नेपालस् प्लस साइज मोडल’का लागि २० प्रतियोगि छनौट

काठमाडौं,
वैशाख २९ ।

‘नेपालस् प्लस साइज मोडल २०१९’का लागि २० प्रतियोगी छानिएका छन् । शनिबार सद्धि मिडियाको कार्यलय कुलेस्वरमा आयोजित प्रारम्भिक चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका हुन् ।

‘मेरो कमजोरी मेरो क्षेमता’नारा रहेको प्रतियोगिताको आयोजक सिद्धि मिडिया रहेको छ । अडिसनमा ३० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको अडिसनमा सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार तथा समाजसेवी प्रिती कार्की, मोडल तथा नेपाल स्टर मोडल सेकेन्डरनरअफ विजेता आयुसा ठाकुरलगायत निर्णाय रहेका थिए ।

समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्य रहेको प्रतियोगिताका शिर्ष बिजेता ५० हजार, फष्ट तथा सेकेन्ड रनरअप विजेताले क्रमश ३० र २० सहित बिभिन्न पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार