मुक्तकसङ्ग्रह ‘अबिरल’ र गीति एल्बम ‘अनुराग’ विमोचित

काठमाडौं,
वैशाख २९ ।

दीलिप योन्जन तामाङद्वारा लिखित मुक्तकसङ्ग्रह ‘अबिरल’ र गीति एल्बम ‘अनुराग’ राजधानीको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

बरिष्ठ सङ्गीतकार शक्तिबल्लव, गीतकार किरण खरेल, राजेन्द्र थापा, गजलकार विपिन किरण, सङ्गीतकार राजेश थापालगायतले मुक्तकसङ्ग्रह र गीति एल्बमको संयुक्तरुपमा विमोचन गरेका थिए ।

उक्त अवसरमा अतिथिहरुले स्रष्टा सर्जक दीलिप योन्जन तामाङलाई बधाई तथा शुभकामना दिएका थिए । ‘अनुराग’ गीतिसङ्ग्रहमा गायक सन्तोष लामा, राजेश पायल राई र श्रेयसी चेम्जोङको स्वर रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार