काठमाडौं,
वैशाख २७ ।
स्वरुपराज आचार्यको स्वर रहको गीत ‘सुनाउँ भने कथा हुन्छ…’ सार्वजनिक भएको छ । गौरव पहारी, रेजिन उप्रेति, देशभक्त खनाल, बिमला गिरी, मधु आचार्यकोे अभिनय रहेको ‘सुनाउँ भने कथा हुन्छ…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/rTlGzWdLhL8
दिनेश थपलियाको शब्द र दीपक शर्माको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन शास शाक्यले गरेका छन् भने मिक्सिङ मास्टरीङ प्रकाश मिश्रले गरेका छन् ।
शुभ मिडिया होमद्वारा निर्मित गीतको भिडियोमा दीपक आचार्यको निर्देशन, गोकुल अधिकारीको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको छ । गीत वैदेशिक रोजगार बोर्डको सचिवालयवाट जनहितको लागि निर्माण गरिएको हो ।






