काठमाडौं,
वैशाख २७ ।
सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउदै आएका उदयमान मोडल तथा गायक दीपेन्द्र सोनाम अहिले मोडलिङ तथा साङ्गीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका छन् ।
सानै उमेरदेखि गीत सङ्गीत तथा मोडलिङमा रुचि राख्ने दीपेन्द्र सुमधुर स्वरका धनि छन् भने सुगठित शरीर, चक्लेटि अनुहार, आकर्षक व्यक्तित्वका भएका हसिलो मिजासिलो स्वभाबका मिलनसार व्यक्तित्व छन् ।
नृत्य र अभिनयमा पोख्त दीपेन्द्रले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् उनको स्वरमा रहेको नयाँ गीत स्रोता/दर्शकमाझ आउँदै छ । विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा दर्शक/स्रोततालाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दीपेन्द्र युवा ब्यबसायी समेत हुन् ।






