मजदुर दिवसको पूर्व सन्ध्यामा ‘स्वतन्त्र…’ लिएर आए हेमन्त (भिडियोसहित)

काठमाडौं,
वैशाख १७ ।

हेमन्त शर्माको स्वरमा रहेको गीत ‘स्वतन्त्र…’ सार्वजनिक भएको छ । मजदुर दिवसको पूर्व सन्ध्यामा मजदुर सम्बन्धि ‘स्वतन्त्र…’ गीत सार्वजनिक भएको हो ।

गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द/सङ्गीत, बीबी अनुरागीको एरेञ्ज रहेको गीतको भिडियोमा पनि मजुदुरको कथालाई समावेश गरिएको छ । गायक शर्माले सार्वजनिक गीतलाई जनताको गीत भनेका छन् ।

गायक शर्मालेनै निर्देशन गरेको गीतको भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार