डाली चरी लिएर आइन् सोना अमात्य (भिडियोसहित)

काठमाडौं,
वैशाख १६ ।

गायिका सोना अमात्यले ‘डाली चरी भुईंमा खसेछ…’ लिएर आएकी छन् । लामो समयदेखि शास्त्रीय सङ्गीतको प्रशिक्षण समेत लिइरहेकी गायिका अमात्यले यसपटक ‘डाली चरी भुईंमा खसेछ….’ गीतको भिडियो स्रोता/दर्शकमाझ लिएर आएकी हुन् ।

उक्त गीतमा गायिका अमात्यकै सङ्गीत गुरु शशिविक्रम थापाका शब्द तथा सङ्गीत रहेको छ । सुगम सङ्गीतमा आधारित उक्त गीतको भिडियो पनि आकर्षक बनेको छ ।

भिडियोमा गायिका अमात्य स्वयम्ले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् ।

नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् । गायिका अमात्यले यसअघि पनि आधा दर्जनभन्दा बढि गीतका भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार