काठमाडौं,
वैशाख १५ ।
‘सिम्पल सिप्पल नानी…’ गीत सर्बजानिक भएको छ । सञ्चारकर्मी नरेश भट्टराईको शब्द, सुजन मिष्चल श्रेष्ठ र प्रश्ना शाक्यको स्वर, कमल खत्रीको सङ्गीत र बाबु प्रधानको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रायन कार्कीको निर्देशन रहेको गीतको भिडियोमा श्रेया र सुजनलाई फिचरिङ गरिएको छ । उत्सब दाहालको छायाँकन, प्रबिन श्रेष्ठको सम्पादन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ ।






