सिनेमाघरमा ‘कालो वर्ष’सँगै ‘छक्का पञ्जा २’

काठमाडौं,
वैशाख १३ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘कालो वर्ष’सँगै ‘छक्का पञ्जा २’ ।

लक्षु गौतमको निर्देशन रहेको चलचित्र ‘कालो वर्ष’ र दीपाश्री निरौलाले निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको हो । ‘छक्का पञ्जा २’ भने केही सिनहरु परिवर्तन गरेर पुनः प्रदर्शनमा आएको बताइएको छ ।

‘कालो वर्ष’ २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएको एउटा पिडित परिवारको कथामा आधारित छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का,पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेललगायतका कलकारको अभिनय रहेको छ । योगेन्द्रप्रसाद पनेरु र राम खड्का, श्याम खड्काकोको सयुक्त लगानीमा चलचित्र निर्माण भएको हो । चलचित्रमा सुवास देवकोटाको सम्पादन रहेको छ ।

त्यसैगरी पुनः प्रदर्शनमा आएको अर्को चलचित्र ‘छक्का पञ्जा २’मा दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, वर्षा राउत, प्रियंका कार्की, केदार घिमिरे, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको छ। चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रले व्यापार गरेको ५० प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार