काठमाडौं,
वैशाख १२ ।
मोटी युवतीहरुको लागि ‘नेपाल्स चब्बी मोडल’ आयोजना गर्दै आएको सिद्धि मिडियाले अब पुरुष तथा महिला दुबैका लागि ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।
‘मेरो कमजोरी मेरो क्षेमता’ नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले बिहिवार एक बिज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो ।प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।
समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।
पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कार्यक्रममा निःशुल्क प्रशिक्षण लिन सक्नेछन् ।
प्रतियोगिताका शिर्ष सहित आधा दर्जन बिधामा बिजेता छानिनेछ । प्रतियोगितामा सहभागीताका लागि सिद्धि मिडियाको कार्यलयबाट आवेदन फर्म भर्न सकिने जनाइएको छ ।






