काठमाडौं,
वैशाख १२ ।
सनुप पौडेलको स्वरमा रहेको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । एभरेष्ट केसीको शब्द तथा शिखर सन्तोषको सङ्गीत, फणिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा विदेशमा बस्ने परदेशीको पिडालाई देखाउन खोजिएको छ । दर्जनौ चर्चित गीतहरु स्रोता/दर्शकमाझ ल्याएका तथा भ्वाइस अफ नेपालका जज सनुप पौडेलको यस गीतमा सकारात्मक सन्देश प्रबाह गर्न खोजिएको छ ।
गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस भिडियोलाई रामकुमार केसी र नवीनकुमार श्रेष्ठले छायाँकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।






