काठमाडौं,
वैशाख १० ।
चलचित्र ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । जेठ ३ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रका सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ले राम्रो चर्चा पाइरहँदा चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रमा दयाहाङ राई, वर्षा सिवाकोटी, पल शाह, नाजिर हुुसेन, अनुप विक्रम शाही, दीया पुन, देशभक्त खनाल, बुद्धि तामाङ, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्धाजको कथा र सुदीप बरालको छयाँकन रहेको छ ।






