साउण्ड इञ्नियरमा आफूलाई अब्बल सावित गर्दै एचबीएन किस्मत

काठमाडौं,
चैत्र २९ ।

एउटा राम्रो गीत स्रोता/दर्शकसम्म आउँदा धेरैको मिहिनेत रहेको हुन्छ । एउटा गीत तयार हुनका लागि शब्द, सङ्गीत, एरेञ्ज, स्वर, रेकडिस्ट (साउण्ड इञ्नियर)लगायतका थुप्रै व्यक्तिहरु संलग्न रहेका हुन्छन् । पर्दामा गायक मात्रै देखिए पनि पर्दा पछाडि रहेर काम गर्नेहरुको त्यतिकै मिहिनेत रहेको हुन्छ । एउटा राम्रो गीतका लागि पर्दामा देखिने गायक र पर्दा पछाडि रहेर मिहिनेत गर्ने सबैको परिश्रमले राम्रो गीत स्रोता/दर्शकसम्म आइपुग्छ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रिएशन पस्किरहेका छन् एचबीएन किस्मत ।

काठमाडौंलाई कमर्थलो बनाएर रेकडिस्ट अर्थात साउण्ड इञ्नियरको कार्यमा आफूलाई अब्बल सावित गरिरहेका छन् एचबीएन किस्मतले । आफ्नो सानै देखिको रुचिले अहिले यो स्थानमा पुग्न सफल भएको बताउने किस्मतले सानो छदा देखि नै लाइभ बाजा बजाउन निक्कै मन पथ्र्यो भन्छन् । ‘मैले बासुरी र मादलहरु बजाउथे २०६८मा एसएलसी दिएपछि अझ म यो क्षेत्रमा हेलिदै आए’, उनी भन्छन् ।

एरेञ्जर, कम्पोजर आशिष अविरल एचबीएन किस्मतको मामा । अविरलको मार्गनिर्देशनले उनलाई यसक्षेत्रमा अझ सजिलो भयो आफ्ना क्रिएशनहरु पस्किनका लागि । आशिषको भाञ्जालाई काठमाडौं ल्याउनु पर्छ राम्रो रेकर्डिस बनाउछु भन्ने सोच रहेछ । सानै देखि नै यही क्षेत्रमा आफ्नो रुचीको क्षेत्र भएकाले पनि एचबीएन किस्मत काठमाडौं आए र यही क्षेत्रमा संघर्ष गर्न थाले ।

उनी काठमाडौं त आए यही क्षेत्रमा संघर्ष गर्न थाले । तर, स्टुडियोमा काम गरेर घरखर्च चलाउन गाह्रो भयो । उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । दुई वर्ष जति उनी दुबई गएर बसे । त्यहाँ दुई वर्षको समयमा उनले म्युजिकलाई छोडन सकेनन । थप अध्ययन गरे त्यही यस सम्बन्धि नै र आफूलाई अझ निखारने काम गरे ।

नेपाल आएपछि उनले यसै क्षेत्रलाई निरन्तरता दिए । अध्ययन गरेको आएको सिपलाई पस्किन थाले । बरिष्ठ साण्उड इञ्नियर प्रदीप उपाध्यायसँग पनि यस सम्बन्धि अध्ययन गरेका उनी आशिस अविरलसँग पनि धेरै सिकेका बताउछन् । ‘अहिले पनि सिक्दै छु’, उनी भन्छन् ।

अहिलेसम्म दुईसय पचास भन्दा बढी गीतमा मिक्सिङको कार्य गरेका उनका माया लुकी लुकी, सालको पातको टपरी, कर्के नजर, लालु मै, गोप्य कुरा, मेरो हजुर-३का सबै गीत, ओ सानी, तिमी नै मेरो सास हौ, मिठो मिठोजस्ता थुप्रै गीत दर्शक/स्रोताको रोजाइमा परेका छन् । म यो क्षेत्रमा निरन्तर छु, अझ धेरै गर्न बाँकी छ भन्ने उनी ‘यसमा अन्तर्राष्ट्रिय सफलताको पर्खाइमा छु अवश्य त्यो दिन चुम्ने छु’, भन्छन् ।

यसमा तपाइको मत

अन्य समाचार