काठमाडौं,
चैत्र २८ ।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)का अनुसार ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ ।
धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।






