शाही युवा शक्ति नेपालले मनायो ७ औं स्थापना दिवस

काठमाडौ,
चैत्र २२ ।

शाही युवा शक्ति नेपालले आफ्नो ७ औं स्थापना दिवस मनाएको छ । विहिबार राजधानीको रत्नपार्कमा शाही युवा शक्ति नेपालले आफ्नो ७ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रममा हिन्दू राष्ट्र र राजतन्त्रको माग गरिएको थियो ।

दरबार निकट संघ, संस्थाहरु पछिल्लो समय बिभिन्न गतिबिधिहरुमा सकृय हुने क्रममा विहिबार शाही युवा शक्ति नेपालको आयोजनामा आमसभा सम्पन्न भएको हो ।

आम सभालाई केन्द्रिय अध्यक्ष पशुपति खड्का, ललितपुर जिल्ला अध्यक्ष रुपेश डङ्गोललगायतले सम्बोधन गरेका थिए ।

संस्थाका केन्द्रिय सदस्य राजकुमार महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हाँस्य कलाकार तथा लोकदोहोरी गायक धनराम मुस्कान, नयन डी.सी., मनिषा श्रेष्ठ, गोबिन्द दुलाललगायतको उपस्थिति रहेको थियो ।

उनिहरुले आफ्नो प्रस्तुति मार्फत उपस्थित स्रोता, दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा देश भक्तिका गीत, सङ्गीत गुञ्जिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार