काठमाडौं,
चैत्र २२ ।
यही चैत्र २९ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डुली डुली’ गीतमा मेलिना राईको स्वर रहेको छ । गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ भने यसलाई प्रतिकले कोविद बज्रसँग मिलेर कम्पोज गरेका हुन् ।
गीतलाई डेब्यु गर्ल मलिका महतमा केन्द्रित गरिएको छ । गाउकी तपस्या सहर आइसकेपछि हुने कन्सर्टमा गीत केन्द्रित छ । गीतमा मलिका ब्लाइन्ड छिन् । गीतमा चलचित्रका अन्य कलाकारहरु सलिनमान बनिया, जान्वी बस्नेत, रेअर राई, विशाल कटवाल, प्रेक्षा बज्राचार्यलगायत पनि देखिएका छन् ।
डेब्यु चलचित्र मार्फत स्ट्याईलिस स्टारको ट्याग पाएका सलिनमान पछिल्लो समय चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ का कारण चर्चामा छन् । डेब्यु चलचित्र मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स पाएका सलिनले दोस्रो चलचित्रमा भ्लगरको भूमिका निर्वाह गरेका छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहेकोेछ भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेकोेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।
चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटाशंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । चलचित्रमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको सङ्गीत रहेकोछ ।






