काठमाडौं,
चैत्र २२ ।
चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ ‘मेरो भागको खुशी तिमीलाई मिलोस…’को भिडियो सार्वजनिक गरिएको छ ।
‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा सङ्गीतमा आँशुको अर्थ २ ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो । यस गीतलाई सञ्चारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतलाई सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
‘आँशुको अर्थ २ ‘मेरो भागको खुशी तिमीलाई मिलोस…’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको अभिनय रहेको छ । ‘आँशुको अर्थ’मा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।
भिडियोलाई निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाँकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।
गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं साङ्गीतिक सङ्ग्रह ‘शिवालय’ मा समाबेश गरेका छन । यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ, मिक्सिङ, मास्टरिङ गरेका हुन ।






