काठमाडौं,
चैत्र १९ ।
गजलकार स्पन्दन बिनोदका दुई कृति अबिरल स्पन्दन र भिजाएर गएऊ अनेसास नेपाल च्याप्टरको आयोजनामा प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा लोकार्पण गरिएको छ ।
बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभाती किरण, बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र अनेसास का केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरूले प्रवासमा रहेर पनि स्पन्दन बिनोदले साह्रै मेहेनत गरेर उत्कृष्ट बहर सङ्ग्रह र गैर बहर सङ्ग्रह निकाल्न सफल हुनु भएकोमा यस्तो उत्कृष्ट रचनाको हार्दिक स्वागत गरेका छन् । जो कोहिले पनि यो गजल सङ्ग्रहबाट गजल र बहर मात्र नभएर यसबारे महत्वपूर्ण जानकारी पाउन सक्ने कुरा जोड दिईएको थियो । कार्यक्रममा गजलकारहरूले स्पन्दन बिनोदका गजल सङ्ग्रहहरूबाट गजल सुनाएका थिए ।
कार्यक्रममा अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका महासचिव सन्ध्या पाहाडीको अध्यक्षतामा भएको थियो । प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको उत्थानका लागि अनवरत लागि पर्दै आएका स्पन्दन बिनाद यस नेपाल खबरडेलीको यूरोप साहित्य समाजको संयोजकको रुपमा रहँदै आउनुभएको छ ।






