काठमाडौं,
चैत्र १९ ।
पुर्वेली लोक गीतहरु गुडी जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार, झुम्के माया, दिक्तेल बजार २, माली गाईको दही मीठोलगायतका गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका सङ्गीतकार डीआर अटुको लगभग बार्ह वर्ष अगाडी रेकर्ड गरिएको गीत ‘पोखराको बजारै राम्रो’ को लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली गायक रुपकुमार राईको आवाज रहेको छ ।
नेपाली सङ्गीतको क्षेत्रमा लाग्दैँ गर्दाको समयमा तयार पारिएको भिडियोलाई पुनः दर्शक तथा स्रोतामा ल्याएको उनले डीआरले बताए । अटुको शब्द र सङ्गीत रहेको गीतमा नेपाली जन जिविकाका पिडालाई भेटन सकिन्छ ।






