काठमाडौं,
चैत्र ११ ।
अशोक बरालको स्वरमा रहेको गीत ‘कम्मरमा गाग्री…’ सार्वजनिक भएको छ । श्रीपुरुष ढकालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र उषा खनाललाई फिचर्ड गरिएको छ । रामसिंह भाटको छायाँकन, देवेन्द्र नेवाको कोरियोग्राफ रहेको गीतको भिडियोलाई वीरेन्द्रले नै सम्पादन गरेका छन् ।






