मेलिना र विक्रान्तको स्वरमा ‘नक्कले मोरा’ (भिडियोसहित)

काठमाडौं,
चैत्र ९ ।

मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ ।

https://youtu.be/jYExmBFFvOo

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन् । अर्जुन तिवारी डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् ।

सार्वजनिक उक्त गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका छन् । मनोज जिसी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोमा सामा लामाले मेकअप गरेकी छिन् ।

यसमा तपाइको मत

अन्य समाचार