काठमाडौं,
फाल्गुन २८ ।
सेलिब्रेटीमात्र हैन पछिल्लो समय सामान्य व्यक्तिहरू पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिभालाई देखाउँदै चर्चामा आउने गरेका छन् । टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी हुन् दीपा र दमन्ता श्रेष्ठ ।
टिकटकबाट चर्चामा आएपछि उनीहरु म्युजिक भिडियोमा देखिएका छन् । बोबी भारती र सृष्टि गिरीको स्वरमा रहेको गीत ‘बिन्दास झक्कास’मा उनीहरु देखिएका हुन् ।
गीतमा शब्द र सङ्गीत बबी भारतीको रहेको छ भने भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । नवराज घिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई लिगेशले नै सम्पादन गरेका छन् ।






