एनबीको ‘देश लाई छातीमा सजाउँछु…’ (भिडियोसहित)

काठमाडौं,
फाल्गुन २७ ।

राष्ट्रभक्ति गीत ‘म मेरो देश लाई छातीमा सजाउँछु…’ स्रोता/दर्शकमाझ आएको छ । पदम थापा मगर/अनिता ओलीको स्वर, रामु आचार्यको शब्द, पदम अनि रामुकै सङ्गीत र दिनेश श्रेष्ठको कम्पोजर रहेको गीतको भिडियो स्रोता/दर्शकमाझ आएको हो ।

सुरेन्द्र भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा एनबी टन्डन, लक्ष्मी के सी, मुना मगर, टिकाराम लामिछाने, ज्योति तामाङ र मदन अछामीको अभिनय रहेको छ ।

इमान बस्नेतको छायांकन रहेको गीतको भिडियोलाई रामु आचार्यको सम्पादन र ड्रोन रहेको छ । सरु ओलीको शृंगार रहेको भिडियोको दृश्य निर्माण ह्याप्पी मिडिया नेटवर्कले गरेको हो । गीतको भिडियोलाई एनबी टन्डनले निर्माण गरेका हुन् ।

‘म मेरो देश लाई छातीमा सजाउँछु, परदेशमा भए पनि, सम्झेर रमाउँछु…’गीतमा देश बाहिर हुँदा देशको मायालाई व्यक्त गर्न खोजिएको छ ।

गीतको शब्द जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियोमा अभिनय गर्नुभएका एनबी टन्डन लामो समय देखि देश बाहिर रहेर देशको पर्यटन प्रवद्र्धनमा लागि रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार