‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक

काठमाडौं,
फाल्गुन २२ ।

चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

म्युजिकल लभस्टोरी चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको अभिनय छ ।

उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । गोविन्द शाही प्रस्तुतकर्ता रहेको चलचित्रलाई काफिया शाही ९क्रिसु० र कविर बिक्रम शाहीले निर्माण गरेका हुन ।

निर्देशक घिमिरेकै कथा, सुवास सिंह बस्नेतको पटकथा तथा संवाद, आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । चैत्र २२ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार