काठमाडौं,
माघ २२ ।
भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा रहेको डान्सिङ गीतको भिडियो सार्वजनिक छ । सार्वजनिक गीतमा लोकेन्द्र शाही र सरिता जिसीको स्वर रहेको गीत ‘हाँसेर बोलिदेउ…’को भिडियो सार्वजनिक भएको हो ।
रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको गीतमा आफनी मायालुलाई जीवन भर हाँसेर बोल्न गायक लोकेन्द्रले आग्रह गरेका छन् । अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ भिडियोमा ।






