‘कुम जोडी नाचौ लाग्यो…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २१ ।

सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गीत ‘कुम जोडी नाचौ लाग्यो…’ सार्वजनिक भएको छ । शिव शर्मा चञ्चलको शब्द र एस डी योगीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको ‘कान्छी हे कान्छी…’ गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए ।

उनको पछिल्लो गीत ‘कुम जोडी नाचौ लाग्यो…’ डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । युगल गीत ‘कुम जोडी नाचौ लाग्यो…’मा किशन रेग्मीसँगै गायिका रेश्मा केसीको स्वर रहेको छ ।

कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशन रहेको गीतको भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ । कमल राइले कोरियोग्राफी गरेको गीतको भिडियोलाई शिब ढकालले छायांकन गरेका हुन ।

नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।

यसमा तपाइको मत

अन्य समाचार