यस्तो आयो ‘काउसो’को ट्रेलर

काठमाडौं,
माघ १८ ।

मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको केही दिन पहिला सार्वजनिक गीत ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्या लाग्योे काउसो…’ चर्चामा रहेका बेला निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

बैशाख २० गतेबाट देशभरका सिनेमाघरमा आउँने मिति तय गरकोे चलचित्र ‘काउसो’मा भोजराज देवकोटाको लेखन रहेको छ ।

हाँस्यप्रधान चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, नविन आचार्य, अनु पराजुली, अर्जुन गुरुङ, रामचन्द्र अधिकारी, रमेश बुढाथोकी, सुरेन्द्र चापागाई, शान्ताकारम थापा, सनि भट्टराई, उग्रशेन ढुंगाना, वाल कलाकार असिम तिमल्सिना लगायतकाको अभिनय रहेको छ ।

निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ वस्नेत रहेको यस चलचित्रको गीत, कथा निर्देशक स्वयम्कोे रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार