‘तुलसी’को ‘आजको रमाइलो बेला…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ १७ ।

ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ । ‘आजको रमाइलो बेला…’बोलको गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको छ ।

गीतमा साधना सरगम र कुमार कान्छाको स्वर रहेको छ भने सङ्गीत रञ्जित गजमेरले दिएका छन् । गीतको शब्द संयोजन सुरेश अधिकारीले गरेका छन् । लामो समयपछि ऋचाले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शन हुन लागेको हो ।

चलचित्रमा पाँचबटा गीत रहेका छन् । पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र ‘तुलसी’को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्कीलगायतका कलाकार मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार