भाषाशास्त्री पोखरेललाई मष्तिष्कघात, उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं,
माघ १० ।

प्रसिद्ध भाषाशास्त्री एवम् नेपाली साहित्यका विशिष्ट साधक प्रा. बालकृष्ण पोखरेल सोमवार अचानक मष्तिष्कघात भई अस्पताल भर्ना हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीवार अस्पताल पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेलसहित अस्पताल पुग्नुभएका कुलपति उप्रेतीले प्रा। पोखरेलको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभई प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सक्दो उपचार सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका भाषाशास्त्री पोखरेलको उपचारका लागि यथाशिघ्र आवश्यक सम्पूर्ण खर्चको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । पोखरेललाई नर्भिक अस्पतालको सातौँ तलाको कोठा नं. ७१२ मा राखी उपचार जारी राखिएकोे छ । पारिवारिक सूत्रका अनुसार पोखरेलको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार