‘थोरै माया म दिउला…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ७ ।

बिबाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत ‘थोरै माया म दिउला…’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा दीपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा राजन राज सिवाकोटीको सङ्गीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ ।

सञ्चारकर्मी तथा चलचित्र ‘सुश्री सम्पति’का डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन ।

यसमा तपाइको मत

अन्य समाचार