अञ्जु र मनोजराजको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ (भिडियोसहित)

काठमाडौं,
माघ ४ ।

अञ्जु पन्त र मनोजराज शिवाकोटीको स्वरमा रहेको गीत ‘सम्झे पनि तिम्रो याद…’ सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेस शुक्रबार सार्वजनिक गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै सङ्गीत सुन्न सकिन्छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन् ।

डिभोर्सपछि पहिलो पटक अञ्जु पन्त र मनोजराजले यसै गीतमार्फत् साङ्गीतिक सहकार्य सुरु गरेका हुन् । गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अञ्जु पन्त र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्ध भन्दा टाढा रहेर साङ्गीतक यात्रालाई निकट बनाएको जानकारी दिए । उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरिसँगै गाउने वातावरण तयार गरेको जानकारी दिए ।

सार्वजनिक भिडियोमा निर्देशक निकेश खड्काले गायिका अन्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार