स्केचमा भविष्य खोज्दै निरज (भिडियोसहित)

ईटहरी,
पौष २९ ।

बच्चा हुदा हामिले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ । यसलाई प्रमाणित गरेका छन निरज कुईकेलले । उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सन्जालमा स्केच बनाउदै सार्बजनिक गरे पश्चात् सबैबाट तारिफ पाएपछी यसैलाई अघि बढाउने सोच रहेको निरज बताउछन् ।

नेपालमा कला भए सो लाई सकारात्मक प्रयोग गरेर बाच्न सकिन्छ । जस्को उदाहरण बनेका छन् स्केच आर्टिस्ट निरज । उनले नायिका प्रीयंका कार्की, गायिका ईन्दिरा जोशी, नेपाल आईडल दुई का सेकेन्ड रनरअप सुमित पाठकलगायत थुप्रैको स्केच कोरेका छन् । यी सबैलाई पठाएपछि हेरेर सबैले तारिफ गरेको भएपनि ईन्दिराको स्केच भने अझै पनि उनको हातमा पुर्याउन नसकेको उनी बताउछन् ।

स्केच बनाउन सुरु गरेदेखी उनलाई उनको कलाको सम्मान गर्दै पैसा तिरेर आफ्नो स्केच बनाउन सम्पर्क गर्छन् । नेपाल मात्र हैन देश बाहिर रहेका नेपालीहरुले पनि आफ्नो स्केच बनाउनको लागि सम्पर्क गर्ने गरेको निरजको भनाई छ ।

यसमा तपाइको मत

अन्य समाचार