अर्जुन र बिन्दुकोे हुरी चल्यो (भिडियोसहित)

 

काठमाडौ,
पौष २४ ।
अर्जुन सुनाम र बिन्दु परियारकोे स्वरमा रहेको गीत ‘हुरी चल्यो… ’ सार्वजनिक भएको छ । सुविसुधा आचार्यको शब्द, झमक संगीतमको सङ्गीत रहेको डान्सिङ बिटको ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको…’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिवन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगरातीलगायतका कलाकारलाई देख्न सकिन्छ । अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा केशव आचार्यको प्रोडक्शन रहेको छ । श्रृष्टि किड्र्स टिभि युसएबाट भिडियो सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार