आरुशीको छायाँकन प्याकअप, रिलिज नयाँ बर्षमा

काठमाडौं,
पौष २३ ।
पुराना एवम् पाका निर्देशक उदय सुब्बाको निर्देशन रहेको चलचित्र आरुशीको छायांकन ३५ दिनमा शनिबार सकिएको छ । प्रदेश नं. एकका बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायाँकन गरि निर्माण यूनिटले छायाँकन प्याकअप गरेको छ ।

पूर्वको चैनपुर, ताप्लेजुङ, संखुवासभाको गुफा पोखरी, झापा, धनकुटा र इलाम का मनमोहक स्थानमा चलचित्रको छायाँकन गरिएको निर्देशक उदय सुब्बाले जानकारी गराए ।

त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र आरुशीबाट रमा लिम्बु र इशक राईले डेब्यू गर्दैछन् भने चलचित्रमा कला राईको मुख्य भुमिका रहेको छ । चलचित्रमा कला राई, रमा लिम्बु , इशक राईसँगै सुनिल थापा, दमन रुपाखेती, सुरबिर पण्डित, रामचन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका गीतमा ताराप्रकाश लिम्बु र बिकाश चौधरीको सङ्गीत रहेको छ भने कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । द्वन्द्व निर्देशन राजु किरातिले गरेका छन् भने चलचित्रलाई सहारा प्रधान, बिरु गुरुङ र केशबकुमार श्रेष्ठको संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र नयाँ बर्ष २०७६को अवसरमा प्रर्दशनमा आउँने निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार