डा.अन्जान शाक्यलाई बिदाई, नयाँ अध्यक्षमा उर्मिला श्रेष्ठ चयन

काठमाडौं,
पौष २१ ।

नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । नेपाल महिला चेम्बरको अध्यक्ष रहनुभएकी डा. शाक्यलाई संस्थापक अध्यक्ष बनाई सम्मान गरिएको छ भने अध्यक्षमा उर्मिला श्रेष्ठलाई चयन गरिएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत डा. शाक्यलाई सम्मान गरिएको हो । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँलाई सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. शाक्यले नेपाल र इजरायलबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउन महिला उद्यमी, नेपाल महिला चेम्बर, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासङ्घको साथ लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली महिला उद्यमीको उत्पादनको अन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।

राजदूत डा. शाक्य ‘एक्लो मान्छेले केही गर्न सक्दैन तर ‘टिमवर्क’ले धेरै काम गर्न सकिन्छ भन्दै टिमवर्ककै कारण नेपाल महिला चेम्बरले छोटो अवधिमा यो सफलता हासिल गरेको हो’ भन्नुभयो ।

उहाँले नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले आफूलाई यो सम्मान दिएकोमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
छोटो अवधिमा नेपाल महिला चेम्बरले विभिन्न तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमलगायत सामाजिक कार्यहरु गरी नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने काम गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार