काठमाडौं,
पौष १७ ।
हरिदत्त फुलाराका स्वरमा रहेको गीत ‘हुरी सरी उडिरहन्छ यो मन कता कता…’ सार्वजनिक भएको छ । केही समय पहिला उनको स्वरमा रहेको गीत ‘रङ्गमञ्च भो मेरो जीवन….’ चर्चामा रहेका उनको नयाँ गीतको भिडियो स्रोता/दर्शकमाझ आएको हो ।
‘हुरी सरी उडिरहन्छ यो मन कता कता…’मा उनकै शब्द, सङ्गीत रहेको छ । चन्द सिंहको सङ्गीत संयोजन रहेको स्टुडियो छायाँकन रहेको गीतको भिडियोलाई प्रमोद प्रसाईंले छायाँकन गरेका हुन् ।
एकपछि अर्को गीत, सङ्गीत स्रोता/दर्शकमाझ पस्कदै आएका फुलाराको पछिल्लो गीतले पनि राम्रै चर्चा पाउने कुरामा उनि विश्वस्त छन् ।
भारतको बनारसमा रहेको काशी हिन्दू विश्व विद्यालयबाट शास्त्रीय सङ्गीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका हरिदत्त पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् ।






