समाजमा र्सिजनाको रङ्ग धनगढीमा

धनगढी,
पौष १५ ।

समाजमा सिर्जनाको रङ पुर्वपश्चिम साहित्य तथा साङ्गीतिक विमर्श अभियान शुक्रबार धनगढीमा सप्पन्न भएको हो । गएको पौष ९ गते चितवनबाट सुरु गरिएको कार्यक्रम पौष १३ गते धनगढीमा पनि भएको हो ।

काठमाडौंको पद्मदीप स्मृति प्रतिष्ठान र पछिल्लो समय धनगढीमा सकृय रहेको रचना वाचन समुह धनगढीको संयुक्त आयोजनामा उक्त साहित्य तथा साङ्गीतिक विमर्श कार्यक्रम सप्पन्न गरिएको थियो । कार्यक्रममा गत मंसिरमा रास्ट्रकवि घिमिरेद्वारा एकैदिन एउटै सर्जक डा. डी. आर. उपाध्यायका ७ ओटा गीति एल्बम विमोचन गराइएर इतिहास बनाइएकाले शुक्रबार धनगढीमा पनि डा. उपाध्यायका उक्त एल्बम र केही उपन्यासहरु सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा पछिल्लो समयमका चर्चित सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ र युवा सङ्गीतकार गायक सागर अधिकारी ‘सरद’ले आफुले सङ्गीत भरेका गीतहरु गुनगुनाएर उपस्थित दर्शकहरुलाइ मन्त्रमुग्ध पारेका थिए । कार्यक्रमका विशिष्ट अतिथि डा. टी. एन जोशिले सुदुरपश्चिम तथा धनगढीको विगत र वर्तमान साहित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले साहित्यमा स्वस्थ्य प्रतिस्पर्धा हुनु राम्रो भएपनी पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धाले सुदुरपश्चिमको साहित्य कमजोर बनिरहेको तर्क गर्नुभयो ।

कार्यक्रमकि अतिथी धनगढी उपमहानगरपालिका वडा न. २ कि महिला सदस्य रत्ना बिस्टले यस्ताखाले कार्यक्रमहरुले नवसर्जकहरुमा उत्साह थपिने भएकोले निरन्तरता दिनुपर्ने बताउँदै धनगढी उपमहानगरपालिकामा पनि साहित्य तथा सङ्गीतका लागि अलग्गै बजेटको पहल आफुले गरिरहेको बताउनुभयो ।

करिबन दुई घण्टा सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्कृयात्मक बनेको थियो। सी. आइ. एन. का बरिस्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले कार्यक्रममा यस क्षेत्रको साहित्यको बारेमा उपस्थित दर्शकहरुबाट प्रतिक्रिया समेत लिनुभएको थियो ।

धनगढी आसपासका करिबन तीन दर्जन सकृय स्रस्टाहरुले उपस्थिती जनाएको उक्त कार्यक्रमको प्रमुख आतिथिमा ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीका प्रमुख धर्मदेव भट्ट, विशिष्ट अतिथी कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टी. एन. जोशी र गीतकार डा. डीआर उपाध्याय हुनुहुन्थ्यो भने सभापतित्व रचना वाचन समुह धनगढीका सदस्य डिल्लीराज ओझा ‘समर्पण’ ले गर्नुभयो र कार्यक्रम सञ्चालन सी. आइ. एन.का बरिस्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले गर्नुभएको थियो ।

पहिलो चरणमा पूर्वमा गरिएको कार्यक्रमको दोस्रो चरण चितवनबाट सुरु भएको यो अभियान, दाङ, कोहलपुर, सुर्खेतहुँदै धनगढी आइपुगेको र कञ्चनपुर, पोखरा र गोरखामा पुगी समापन हुने आयोजक पद्मदीप स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश घिमिरेले बताउँनुभयो

यसमा तपाइको मत

अन्य समाचार