फेसियल हाउसले मनायो ११औं वार्षिकोत्सव

काठमाडौं,
पौष १३ ।

फेसियल हाउसले आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा एक विशेष कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पुर्वअध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाँईलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा गायक टिका बम्जन, उत्तम थापालगायतले गीत प्रस्तुत गरेका थिए भने टिम इन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्सानालगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो । चर्चित कलाकार निरु खड्का ‘ठ्यासकुमारी’को कमेडी प्रस्तुति दर्शकमाझ प्रिय बन्यो ।

फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ । यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारी मध्य १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनु कुमार शर्माले पाए । त्यस्तै अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो ।

स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाडौंको विभिन्न स्थानलगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभएर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन् ।

कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार