काठमाडौं,
पौष १२ ।
चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन् । बुधबार सम्पन्न संघको साधारण सभाबाट उनी अध्यक्ष पदमा निर्विरोध विजयी भएका हुन् ।
उनले यसअघि तीन बर्षे कार्यकाल सम्पन्न गरिसकेका थिए । उनको प्रत्याशीको रुपमा अरु प्राविधिकले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।
कोषाध्यक्ष पदमा पनि सुष्मा पौडेल निर्विरोध विजयी भएकी छिन् । यस्तै उपाध्यक्ष पदमा भने विनोद लामा र अर्जुनप्रसाद पोखरेल विजयी भएका छन् । यस्तै, संघको महासचिव पदमा शालिकराम दुलाल, सचिव पदमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
संघको सदस्य पदमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधवप्रसाद थपलिया विजयी भएका छन् ।






