काठमाडौं,
पौष ११ ।
तारावीरको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो माया यो मुटुमा साचेको छु मायालु…’ सार्वजनिक भएको छ । देवीचरण भण्डारीको शब्द, योगेश काजीको सङगीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ ।
सुन्दर लाओतीले निर्देशन गरेको गीतको भिडियोमा मधु न्यौपाने र बिना दंगाललाई फिचरिङ गरिएको छ । अर्जुन सापकोटाको छायांकनमा सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो लाई बूढा सुब्बाले बजारमा ल्याएको हो ।






