यस्तो छ गरुड पुरानको ट्रेलर

काठमाडौं,
पौष १० ।

चलचित्र ‘गरुण पुरान’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा एक रमाइलो चलचित्र बनेको निर्देशक सुवास कोइराले बताए । ‘फिल्मले दर्शकलाई पुरै मनोरञ्जन दिन्छ’ उनले भने ‘अहिले बजारमा आएका भन्दा निक्कै फरक बिषय यसले उठाएको छ ।’

कार्यक्रममा अभिनेत्री प्रियंका सिंह ठकुरीले ‘गरुण पुराणले सबै खालका दर्शकको मागलाई पुरा गर्छ ।’भनिन । प्रियंकाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । अभिनेता कर्मा शाक्यले आफ्नो अहिलेसम्मकै फरक भूमिकामा चलचित्रमा रहेको दाबी गरे ।

चलचित्रको ट्रेलरमा कर्माको अलवा नाजिर हुसेन, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधरलगायतका प्राय सबै कलाकार अटाएका छन् ।

पारिवारिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको चलचित्र अजित फिल्मस्को ब्यानरमा अजित प्रजापति र अशोक गौतमको लगानीमा तयार भएको हो ।

चलचित्रमा कशम नेपालको कथा, आकाश बरालको पटकथा, निर्देशक सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको सङ्गीत, सुसन प्रजापतिको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ । चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार