जन्मदिनमा दृष्टिको नयाँ गीत नेपालकी छोरी (भिडियोसहित )

काठमाडौं,
पौष ७ ।

जन्मदिनको अवसर पारेर दृष्टी घिमिरेको नयाँ गीतको नेपालकी छोरीको भिडियो सार्वजनिक भएको छ । डी फोर क्रियसनले बजारमा ल्याएको गीतको भिडियोमा न्यूयार्कमा हुर्केकी सात बर्षिया दृष्टि घिमीरेको नृत्य रहेको छ । उनको जम्मदिन यही डिसेम्बर २५ किस्रमस डे मा हो ।

मिलन अमात्यको स्वर रहेको गीतमा हेम लामाको सङ्गीत संयोजन रहेको छ भने रेकडिङ र मिक्सिङ विवेक शाक्यले गरेका छन् । गीतको भिडियोलाई विक्की पुलामी मगरले निर्देशन गरेका छन भने कोरियोग्राफर शंकर वि.सी.ले गरेका छन ।

अमेरिकाको न्यूयार्कमा छायांकन गरिएको यो भिडियोमा देश विदेशमा रहेका नेपालीहरु र विषेशगरी दास्रो पुस्तामा नेपालप्रति आफ्नो दायित्व बोध गराएको छ । बाल कलाकार दृष्टिले गीतको भिडियोमा आकर्षक नृत्य तथा अभिनय गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार