आरोपको ट्रेलर सार्वजनिक

काठमाडौं,
पौष ५ ।

चलचित्र आरोपको ट्रेलर सार्वजनिक भएको छ । दिलाशा क्रिएशनको ब्यानरमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति दिनेश पाठक र बिजय सापकोटा निर्माता अनि अमर ओलिको निर्देशन रहेको चलचित्र आरोपको बिहिबार (आज) ट्रेलर सार्वजनिक गरिएको हो ।

कमल राईको नृत्य, बिरेन्द्र भट्टको छायाँकन, सानूकुमार मर्हजनको द्वन्द्व, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोपमा सञ्चिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी, रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मि भट्टको अभिनय रहेको छ । चलचित्र माघ ११ देशभरका सिनेमाघरमा आउँदै छ ।

एसके अधिकारीको गीत, गणेश चौधरी र एसके अधिकारीको सङ्गीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्याशिवा र मनिषा पोख्रेलको स्वर रहेको छ चलचित्रका गीतमा ।

यसमा तपाइको मत

अन्य समाचार